शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा भिषण पहिरो,  कारोवार रकम भने बढेर आठ अर्ब नाघ्यो

आइतबार, बैशाख ५ २०७८

काठमाडौं ।  नेप्सेमा भिषण पहिरो गाएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३५ दसमलव ८९ अंकले घटेर २६ सय ९९ दसमलव ५१ अंकमा झरेकोमा सेन्सिटिभ पनि छ दसमलव २९ अंकले घटेर चार सय ८६ दसमलव १६ अंकमा झरेको छ । दुुई सय सात वटा कम्पनीहरुको ९३ हजार पाँच सय ६८ पटकको कारोवारमा आज एक करोड ९२ लाख ५८ हजार छ सय ५६ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम आठ अर्ब ८० करोड १८ लाख तीन हजार दुई सय १५ रुपैयाँ पुगेको छ । 
आज १३ वटा समुहको कारोवा हुंदा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक उच्च अंकले घटकाछचन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव २९ अंकले घटेर १८ सय ७० दसमलव ८६ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत,  लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।