शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता संस्थापक शेयर विक्रीमा

बिहिबार, बैशाख २ २०७८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले जेठ ३ गतेसम्मका लागि उक्त शेयर लिलामी प्रकृयाबाट विक्रीमा ल्याएको हो । 
 
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ६०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही ब्याक्ति,कम्पनी संघ, संस्थाहरुले आवेदन दिन सक्ने व्यवस्था छ । 

बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।