प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले फेरि लकडाउन गर्ने धम्की नदिएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर आज देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको हल्ला चलेको बताउँदै उनले भने, ‘धम्की दिने मेरो हैसियत होइन र त्यो उचित पनि ठान्दिनँ । परिस्थिति बिग्रयो भने देशले दोस्रो लकडाउन खेप्नुपर्ने हुन्छ ।’ उनले कसैलाई धम्की नदिएको र नदिने बताए ।
ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको पनि प्रष्ट पारे । उनले कोरोना महामारीको दोस्रो चरणलाई फैलिन नदिन स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन आग्रह गरेका छन् ।