आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बादलको पदमुक्ति गृहमन्त्रीको चर्चामा सिलवाल

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रले रामबहादुर थापा बादललाई कारबाही गरेपछि गृहमन्त्रीमा एमालेका सांसद तथा पूर्व डीआईजी नवराज सिलवालको नाम चर्चामा आउन थालेको छ । 

गत शुक्रबार माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका बादलको राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्न संघीय संसद सचिवालयमा पत्र बुझाइएको थियो । पार्टी सदस्यबाट हटाएको जानकारी दिँदै माओवादी केन्द्रले बादलको राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्न सचिवालयलाई पत्राचार गरेको हो । 

योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै गृहमन्त्रीमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई नियुक्त गर्न सक्ने अनुमान गर्न थालिएको हो । 

माओवादी केन्द्रको कारबाहीले राष्ट्रिय सभा सदस्यबाट हटाइएपछि बादल ६ महिनामात्रै मन्त्री बन्न सक्छन् । तत् पश्चात संघीय सदस्य बनेनन् भने उनी मन्त्रीबाट पदमुक्त हुनेछन् । यस कारण पनि अब गृहमन्त्रीमा नयाँ अनुहार आउने भएसँगै सिलवालको नाम चर्चामा आएको हो । 

नेपाली कांग्रेसका उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिलवालको नाम गृहमन्त्रीमा चर्चा भएको हो । 

गृहमन्त्रीबाट बिदा दिएर बादललाई पार्टी संगठन विस्तारमा बादललाई परिचालन गर्ने तयारी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको तयारी रहेको छ । 

माओवादी केन्द्र छाडेर ओलीलाई साथ दिन एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेको हो । जसअनुसार उनको राष्ट्रिय सभा सदस्यबाट हटाउन संसद सचिवालयलाई माओवादी केन्द्रले पत्राचार गरेको हो ।

माओवादी केन्द्र छाडेर ओलीलाई साथ दिन एमालेमा गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खारेज भइसकेको छ ।