शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राज र बिष्णु फिचर्डको ’जलेर खरानी’ सार्वजनिक 

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौ, गायक राज लिम्बुले आफ्नो नयाँ गीत ’जलेर खरानी’ को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । सेन्टिमेन्टल भर्सनको यो गीतमा प्रेमीले प्रेमिका प्रति प्रेमभाव दर्शाएकाछन् । यो गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ । यो गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गर्नुभएको हो ।

नयाँ वर्ष  मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई रया्क गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा पहिलो पटक गायक लिम्बु फिचर्ड हुुनुभएको छ । यसका साथै भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ । बिष्णुको अभिनय तारिफ योग्य छ ।

इजरायलमा छायांकन भएको यो गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक च्यानल ’राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।