शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दिपको शब्द, शंकरको संगीतमा ’मन खाने माया’ सार्वजनिक

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।  युवा पुस्ताका चर्चित गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश गीत ’मन खाने माया’को म्युजिक भिडियो  सार्वजनिक भएको छ । 
प्रेमिल शैलीको यस गीतलाई बेलायतवासी गीतकार दिप गिरीले लेखेका हुन् । गीतमा संगीत चर्चित संगीतकार शंकर थापा ’स्माइल’को रहेको छ । यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् । 

red2.JPG

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको अभिनय रहेको छ । रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

भिडियो लिंक

https://youtu.be/iXX5-pfghvA

red3.JPG

red.JPG