शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘मन पराएँ तिमीलाई’ मा सरोज र रजनी बाबुछोरी

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।  अमेरिका निवासी गीतकार ज्ञानेश्वर तिवारीको शब्द,डेबिड शंकरको स्वर र दीपक शर्माको संगीतमा रहेको ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । राजु अघिकारी निर्देशीत भिडियोमा सरोज खनाल,रजनी केसी र सरोज दाहालको अभिनय छ । 

d.JPG

ओएसआर डिजिटलमार्फत शुक्रबार दर्शकमाझ ल्याइएको भिडियो काठमाडौ, चितवन र पोखराका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नारीका साथै देशका बिबिध प्राकृतिक सम्पदाहरुको बर्णन गरिएको गीतमा प्रेमाभाव मिश्रण गरिएको छ । गीतमा अभिनेता खनाल बाबु र अभिनेत्री रजनी छोरीको भूमिकामा अभिनीत छन् । 
अम्बिका तिवारी (अधिकारी) निर्मात्री रहेको गीत जयराम थापाले खिचेको हुन् । आशुतोष अधिकारी एसोसिएट निर्देशक रहेको भिडियो सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् । गीतले स्रोतादर्शकको मन जितिरहेको जानकारी निर्देशक अधिकारी दिएका छन् । 

d2.JPG