शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा डेम्बेलेको गोल

मंगलबार, चैत्र २४ २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।

barcelona.JPG

डेम्बेलेले खेलको ९० औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको भन्दा १ अंकले मात्र पछि रहेको छ ।

बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ ।

भालाडोलिट २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

barcelona1.JPG

barcelona5.JPG

barca.JPG

barcelona4.JPG