शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चौंथो संस्करणको बागमती गोल्डकपको उपाधि थ्री स्टारलाई

मंगलबार, चैत्र २४ २०७७

काठमाडौं । थ्री स्टार क्लबले चौंथो संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि जितेको छ ।

सोमबार भएको खेलमा अफ्रिकन रुट एसोसियसनलाई ३-२ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

उपाधिसँगै थ्री स्टारले ८ लाख नगद प्राप्त गरेको छ ।

थ्री स्टारको जितमा मनिस डाँगी, निशान खड्का र रुपेश केसीले एक एक गोल गरे ।

अफ्रिकनका एमफोम र मौसाले एक एक गोल फर्काए ।

यससँगै प्रशिक्षक उज्जन श्रेष्ठको प्रशिक्षणमा थ्री स्टारले पहिलो उपाधि जितेको छ ।