शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आहा रारा गोल्डकपः मनाङलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

सोमबार, चैत्र २३ २०७७

पोखरा । संकटा क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो ।

पोखरा रंगशालामा संकटालाई जित दिलाउन फोफो माले निर्णायक गोल गरे ।

फोफोले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

manang.JPG

प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।

प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

manang1.JPG