शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आहा रारा गोल्डकप— मनाङ र संकटा भिड्दै

सोमबार, चैत्र २३ २०७७

पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज दुई ‘ए’ डिभिजन क्लब मनाङ र संकटा जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ ।

मनाङले हालसम्म आहा रारामा ४५ खेल खेलेको छ । जसमा ३४ जित र १० हार व्यहोरेको छ ।

मनाङले ६ पटक उपाधि जित्दा ५ पटक उपविजेता बनेको छ ।

संकटाले ५ खेलमा ३ हार र २ जित निकालेको छ ।

दुई टिमबीच आहा रारामा २ खेलमा प्रतिस्पर्धा भएको छ । दुबै खेल मनाङले जितेको छ ।

प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।