शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निशाको ’ओ प्रिया’मा पुजा र आकाशको रोमान्स सार्वजनिक

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  गायिका निशा कंडेलले आफ्नो चर्चित गीत ’तस्विर’को भाग २ ’तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । 
गीतकार बिष्णुबाबु देवकोटाको शब्दमा रहेको यस प्रेमिल गीतलाई संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन् । गीतमा स्वर गायिका निशा कंडेल र गायक अमन प्रधानको रहेको छ।  गायक प्रधानकै बुवा राहुल प्रधानले यस गीतलाई संगीत संयोजन गरेका हुन् । 

song1.JPG
भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन् । तस्विरमा प्रेम सम्बन्धमा रहेका यो जोडीलाई तस्विर २ मा विवाह बन्धनमा बाधिएको देख्न सकिन्छ। उनीहरु बीचको प्रेम र रोमान्स हेर्न पुरा भिडियो हेर्न पर्ने हुन्छ । 
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको  आधिकारिक च्यानल ’निशा कंडेल’ मार्फत सार्वजनिक गरिएको हो ।

 
भिडियो लिंक

https://youtu.be/RsPtff8z9xU

s5.JPG

s3.JPG

SONG2.JPG