शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तुला पर्वतको निर्देशनमा तयार भएको ’भुल गरेछु’मा शान्ती र कुशलको गज्जब अभिनय

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  गायक कुशल गुरुगंको नयाँ गीत ’भुल गरेछु’को म्यूजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ ।  महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै  विछोडको पिडामा छटपटाइरहेका दृश्यहरु भिडियोमा देख्न सकिन्छ ।

p.JPG 
कुशलले आफ्नो प्रेम पाउन लाख कोशिस गरेता पनि असफल भएसँगै उनले  भुल गरेछु मैले भन्दै पहिलो मायाबाट हार खाएको निश्कर्ष निकालेका छन् । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् । शान्तीको अभिनयबाट पनि राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । संगीतकार तुलाकै निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा नै गरिएको हो । निकै चुनौती मोलेर छायांकन सम्पन्न गर्दै रोमाञ्चक सिनहरु भिडियोमा आँफुले लिन सफल भएको निर्देशक तुला बताउँछन् । भन्छन् ’मकाउका रमाइला र मनमोहक दृश्यहरुले दर्शकलाई अझै रोमाञ्चक बनाउँने आशा छ ।’ भिडियोको सम्पादन र छायांकन पनि निर्देशक तुलाकै रहेको छ । जसको निर्माता हुन् शान्ती राई । 
भिडियो लिंक

https://www.youtube.com/watch?v=-Sdd00abHrw

ppp.JPG

pppp.JPG