शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सेयर कारोवार रकममा गिरावट, सातामा २४ अर्ब एक करोडको मात्र कारोवार 

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं ।  यो साता सेयर कारोवार रकम गत साताको तुलनामा घटेको छ । यो साता पहिलो दिन सार्वजनिक बिदा परेको र दोस्रो दिन नेप्से घटेर बाँकी दिन नेप्से बढेपनि कारोवार रकम भने खासै बढ्न सकेन । सोही आधारमा यो साता नेप्से २६ सय ३१ दसमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स चार सय ६६ दसमलव ४२ अंकमा पुगेको छ ।
यो साता दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ७४ हजार पाँच सय २० पटकको कारोवारमा चार करोड ७० लाख २१ हजार दुई सय ५३ कत्ता सेयर किनबेच हुंदा कारोवार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रुपैयाँ पुुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो । गत साता भने दुई सय ११ वटा कम्पनीहरुको तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोवारमा छ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर  किनबेच हुदा  कारोवार रकम २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँ पुगेको थियो । नेप्से यो साता चार दिन मात्र खुल्ला रहेकोमा पहिलो दिन नेप्से बन्द रहेको थियो भने दोस्रो दिन घटेको थियो । यि बाहेक बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । 
जसअनुसार दोस्रो दिन नेप्से पाँच दसमलव ४५ अंकले घटेर २५ सय ४३ दसमलव ५२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३९ अंकले घटेर चार सय ४९ दसमलव ९२ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से ३२ दसमलव १५ अंकले बढेर दुई हजार पाँच सय ७५ दसमलव ६६ पुग्दा सेन्सिटिभ पनि छ दसमलव १९ अंकले बढेर चार सय ५६ दसमलव १० अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से ४३ दसमलव ३६ अंकले बढेर दुई हजार छ सय १९ दसमलव दुई अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव ४८ अंकले बढेर चार सय ६३ दसमलव ५९ अंकमा पुुगेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से १२ दसमलव ८८ अंकले बढेर दुई हजार छ सय 
३१ दसमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुई दसमलव ८३ अंकले बढेर चार सय ६६ दसमलव ४२ अंकमा पुगेको थियो ।
यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अजोड इन्स्योरेन्स कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड आदिको बढी रकम कारोवार भएकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रो पावर कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी आदि परेकाछन  । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, आदि परेकाछन । सेयर सुचीकरणर्फ भने यो साता आरएसडिसी लघुबित्त बित्तीय संस्था, एनएमबी लघुबित्त बित्तीय संस्था, पोखरा फाईनान्स, सहरा बिकास बैंक, बिजय लघुबित्त बित्तीय संस्था, एनआईसी एशिया लघुबित्त बित्तीय संस्था आदिको बोनस, हकप्रद तथा साधारण सेयर सुचीकृत भएकाछन । 
दैनिक सेयर कारोवार तालिका
दिन  कम्पनी संख्या   कारोवार संख्या कित्ता  कारोवार रकम
पहिलो दिन सार्वजनिक बिदा
दोस्रो दिन २०९   ६४५१५  ९१३८९३५ ४४१०३४५०३०
तेस्रो दिन २०९   ६८६४५ १२२०९९७६ ६१८५६७९४९८
चौथो दिन २०९   ६७१५२  ११२८१८९५ ६१६६९५७३१८
पाँचौं दिन २१८   ७४२०८ १४३९०४४७ ७२५०९२४१२४
आर्टिकलको लागि 
नेपालको लेखा प्रणाली र सार्वजनिक संस्थानहरु
सार्वजनिक संस्थानले वार्षिक रुपमा लेखापरीक्षण गर्नुपर्ने भए पनि दुई दर्जनभन्दा बढी संस्थानले लेखापरीक्षण नगरेपछि तत्काल गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको थियो । अर्थ मन्त्रालयको सार्वजनिक संस्थान वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०७५ अनुसार ४० सार्वजनिक संस्थामध्ये १० ले मात्र नियमित लेखापरीक्षण गराएका थिए । समितिले समयमै बेरुजु फरफारक गर्न, आर्थिक कारोबार गर्दा बेरुजु नराख्नेतर्फ ध्यान दिन, बेरुजु न्यूनीकरण र बाँकी रहेको बेरुजु फछ्र्योट गर्न निर्देशन दिएको थियो । सोही अवसरमा महालेखपरीक्षकको कार्यालयले धेरै कार्यालयको लेखापरीक्षण नभएको जानकारी दिएको थियो । स्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार समयमा लेखापरीक्षण नगर्नेमा उदयपुर सिमेन्ट उद्योग, गोरखापत्र संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, जनक शिक्षा सामग्री, नागरिक लगानी कोष, राष्ट्रिय बिमा कम्पनी, बिमा संस्थान, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, नेपाल औषधि लिमिटेड, खाद्य संस्थान, खानेपानी संस्थान, नागरिक उड्डयन प्राधिकरण, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड लगायत १५ संस्थान छन् । एक वर्ष ढिला गरी लेखापरीक्षण गराउनेमा कृषि विकास बैंक, दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल टेलिकम, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, वायुसेवा निगम, विद्युत् प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, निक्षेप तथा कर्जा सुरक्षण कोष, राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडलगायत १० वटा छन् । नियमित लेखापरीक्षण गराउनेमा एआइडिसी डेभलपमेन्ट बैंक लिमिटेड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, कृषि सामग्री कम्पनी, जलविद्युत् लगानी तथा विकास कम्पनी, दी टिम्बर कर्पोरेसन अफ नेपाल, आयल निगम, नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम), नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैंक, सांस्कृतिक संस्थान छन् । संस्थानको वित्तीय अनुशासन कायम गर्दै कार्यकुशलता र प्रभावकारितामा सुधार ल्याउनुपर्ने अर्थ मन्त्रालयले बताउँदै आए पनि सुधार भएको छैन ।  संस्थानहरु आर्थिक सुशासन र वित्तीय उत्तरदायित्वमा भने कमजोर देखिएका छन्। अत्यावश्यक वस्तु तथा सेवा दिन स्थापना भएका सरकारी स्वामित्वका केही संस्थान भने डुबेका छन् । व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेपको कारण संस्थानको अवस्था जोखिममा रहेको सरोकारवाला बताउँछन् । 
राष्ट्रिय विपद्को समयमा अत्यावश्यक वस्तुको वितरण, बजारमा हुन सक्ने कृत्रिम अभाव, कार्टे्लिङ, सिन्डिकेट र कालोबजारी नियन्त्रण गर्न सार्वजनिक संस्थानले उल्लेख्य भूमिका खेल्नुपर्ने भए पनि उपभोक्ताको चाहना अनुसार काम गर्न नसकेको गुनासो आउने गरेको छ । प्रतिवेदन अनुसार संस्थानमा सरकारले लगानी बढाउँदै गए पनि करिब एक दर्जन घाटामा छन् । सेयर तथा ऋण लगानी वृद्धि भए पनि प्रतिफल वृद्धि भने ऋणात्मक छ। संस्थानको प्रतिफल ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । केही संस्थानले व्यवस्थापन र सञ्चालन खर्चसमेत व्यवस्था गरेका छैनन् । जनतालाई अत्यावश्यक वस्तु तथा सेवा सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन स्थापना भएका सार्वजनिक संस्थामा लगानीको तुलनामा मुनाफा निकै कमजोर छ । अर्थ मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार संस्थानमध्ये ११ को घाटा एक अर्ब २५ करोड रुपैयाँ छ । सबैभन्दा धेरै घाटा हुने संस्थानमा जनक शिक्षा सामग्री लिमिटेड, दुग्ध विकास संस्थान, नेपाल खानेपानी संस्थान, नेपाल औषधि लिमिटेड, ओरिन्ड म्याग्नेसाइट प्रालि छन्। दी टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, सांस्कृतिक संस्थान, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी लिमिटेड लगायत घाटामा छन्। जनक शिक्षाको सञ्चित नोक्सानी दुई अर्ब सात करोड ७४ लाख, दुग्ध विकास संस्थानको ५४ करोड ९९ लाख, खानेपानी संस्थान एक अर्ब २० करोड ३५ लाख, औषधी लिमिटेडको एक अर्ब ४४ करोड ९९ लाख रुपैयाँ रहेको छ । केही संस्थानबाहेक अधिकांशको सञ्चालन स्थिति, व्यवस्थापकीय र वित्तीय कार्यसम्पादनका सूचकहरु सुधार नभएको मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा भने वित्तीय अवस्था सुधारोन्मुख छ। अपेक्षित प्रतिफल दिन नसके पनि सरकारले आर्थिक वर्ष ०७३ र ७४ मा सार्वजनिक संस्थानमा ३८ अर्ब रुपैयाँ लगानी थपेको थियो । आर्थिक वर्ष ०७२ र ७३ सम्म दुई खर्ब ७४ अर्ब सात करोड ५० लाख रुपैयाँ लगानी गरेकोमा आर्थिक वर्ष ०७३ र ७४ मा ३८ अर्ब ३३ लाख बढाएर तीन खर्ब १२ अर्ब सात करोड ९३ लाख रुपैयाँ र्पुयाएको हो। १३.८७ प्रतिशत लगानी वृद्धि भएको अर्थ मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
तत्कालिन अवस्थामा अत्यावश्यक वस्तु तथा सेवा आपूर्तिको व्यवस्था मिलाउनुका साथै रोजगारी सृजना गर्ने समेत ध्ययले स्थापित सार्वजनिक संस्थानहरू मध्ये कतिपयले पछिल्लो समयमा आफ्नो पूर्ण औचित्य देखाउन नसकेको अवस्था छ, यद्यपि पूर्ण रूपमा यस्ता संस्थानहरूको औचित्य अन्त्य भइसकेको अवस्था भने छैन । नेपाल सरकारको पूर्ण स्वामित्वमा ३७ वटा सार्वजनिक संस्थानहरू रहेका छन् । त्यस्ता संस्थानहरू मध्ये १९ संस्थानहरू नाफामा रहेका भएता पनि बांकी १७ संस्थानहरू लगातार घाटामा र एक संस्थान लामो समयदेखि कारोबारविहीन अवस्थामा रहेको छ । त्यस्ता सार्वजनिक संस्थानहरूको संगठनात्मक सुधारका साथै प्रतिस्पर्धी बनाउने नीतिगत एवं कार्यगत प्रयासहरू भएका छन्, तथापि उपलब्धि सन्तोषजनक हुन सकिरहेको छैन । साथै, स्थापनाकालमा तत्कालीन मुलुकको परिस्थित अनुसार आधारभुत वस्तु तथा सेवाको उत्पादन र आपूर्ति एवं रोजगारी सृजनाका लागि औचित्य देखिएता पनि बदलिंदो खुला अर्थतन्त्र एवं निजी क्षेत्रको विकाससंगै स्थापित कतिपय सार्वजनिक संस्थानहरूले आफ्नो निरन्तरताको लागि औचित्य देखाउन सकेका छैनन् । सार्वजनिक संस्थानको व्यवस्थापकीय सुधार गर्ने क्रममा केही संस्थानहरूमा प्रतिस्पर्धाका आधारमा प्रमुख कार्यकारी नियुक्त हुने प्रणालीको सुरुआत गरिएपछि त्यस्ता संस्थानहरूको समग्र कार्यसम्पादन एवं सेवा प्रवाहमा सुधार भएको छ ।   विभिन्न मन्त्रालयहरू अन्तर्गत छरिएर रहेका संस्थानहरूको बीचमा एकै मापदण्ड अझै लागू नहुनु, जनशक्ति व्यवस्थापन पक्ष कमजोर रहनु, दीर्घकालीन व्यावसायिक योजना तथा त्यसको सफल कार्यान्वयनको अभाव हुनु, वित्तीय कार्यकुशलता कमजोर रहनाले नाफाको तुलनामा दायित्व बढ्दै जानु जस्ता समस्याहरू विद्यमान रहेका छन् ।  संस्थानहरूको उद्देश्य अनुरूप सञ्चालन प्रक्रियामा तालमेल मिलाई संस्थानहरूको कार्यगत दक्षतामा अभिवृद्धि गर्नु, दीर्घकालीन व्यावसायिक कार्ययोजना तयार गरी सोको सफल कार्यान्वयन गर्नु, संस्थानहरूबाट सरकारमाथि परेको वित्तीय तथा व्यवस्थापकीय भार न्यूनीकरण गर्नु तथा सरकारी संस्थान सञ्चालनको सन्दर्भमा व्यावसायिक क्रियाकलापमा सरकारको भूमिका क्रमशः कम गर्दै निजी क्षेत्रको सहभागिता बढाउनका लागि स्पष्ट राष्ट्रिय नीति र त्यसको सफल कार्यान्वयनका कार्यहरू अझै चुनौतीपूर्ण नै छन् ।
  
कसको बार्षिक साधारण सभा कहिले ?  
नाम   किसिम  स्थान    मिती एजेण्डा 
महुुली लघुबित्त बित्तीय संंस्था आठौं  संस्थाको कार्यालय, सप्तरी  चैत २५  बित्तीय बिवरण
साँग्रिला डेभलपमेन्ट बैंक १६ औं  लैनचौर बैंकेट, काठमाडौं  चैत २३  लाभांस 
लमजुङ बिद्युत बिकास कम्पनी बार्षिक सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर  चैत २४  बित्तीय बिवरण
ग्रिन डेभलपमेन्ट बैंक  आठौं  होटल बाराही, पोखरा   चैत २८  बित्तीय बिवरण
नेशनल हाईड्रो पावर कम्पनी २४ औं  डेलिश रेष्ट्रो एण्ड बैंकेट, बालुवाटार चैत २७  बित्तीय बिवरण
महालक्ष्मी बिकास बैंक  १९ औं  बैंकको कार्यालय, दरबारमार्ग  चैत १३  बित्तीय बिवरण 
साँङगे बिद्युत कम्पनी  बार्षिक सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर  चैत २७  बित्तीय बिवरण
नेपाल बित्तीय संस्था संघ २४ औं र २५ औं होटल क्राउन इम्पेरियल  चैत २०  बित्तीय बिवरण 
नेपाल इन्स्योरेन्स कम्पनी ७२ औं  एयरपोर्ट होटल, सिनामंगल  चैत २७  बित्तीय बिवरण 
समिट लघुबित्त संस्था  १२ औं  आबु खैरनी पार्टी प्यालेश, तनुंह  चैत २९  बित्तीय बिवरण
मिथिला लघुबित्त बित्तीय संस्था १२ औं  होटल राजदरबार रिर्सोट, धनुषा  चैत २९  बित्तीय बिवरण
किसान लघुबित्त बित्तीय संस्था दोस्रो   संस्थाको कार्यालय, कैलाली  चैत २९  बित्तीय बिवरण
सिउरी न्यादी पावर लिमिटेड तेस्रो र चौथो  कम्पनीको कार्यालय, अनामनगर  चैत ३०  बित्तीय बिवरण
उन्नती सहकार्य लघुबित्त संस्था छैठौं  होटल पौवा, रुपन्देही   चैत ३१  बित्तीय बिवरण
शुर्योदय लघुबित्त बित्तीय संस्था आठौं  सहयात्री पार्टी प्यालेश रुपन्देही  चैत ३१  बित्तीय बिवरण
आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था पाँचौं  पञ्चकन्या बैंकेट, बनेपा  चैत ३१  बित्तीय बिवरण 
सारथी लघुुबित्त बित्तीय संस्था १२ औं  होटल अरनिको धुलिखेल  बैशाख ३  बित्तीय बिवरण
कुन कम्पनीको सेयर कहिले ?   
क्रस  कम्पनीको नाम  प्रकार कित्ता  खुल्ला बन्द   बिक्री प्रवन्धक
१ एनसीसी बैंक   ऋणपत्र ३००००००  चैत १३  चैत १८ (छिटोमा) चैत २७ (ढिलोमा) नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
२ रु रु जलबिद्युत परियोजना साधारण ४०७७०६  चैत २० चैत २४ (छिटोमा) बैशाख ३ (ढिलोमा) एनएमबी क्यापिटल लिमिटेड
३ अरुण भ्याली हाईड्रो पावर  हकप्रद ५२४११९७ बैशाख ६ बैशाख २६  मुक्तिनाथ क्यापिटल लिमिटेड 
 
 आव २०७७—०७८ को दोस्रो त्रैमासमा बैक तथा फाईनान्सहरुले कायम गरेको चुक्ता पुंजी 
बाँणिज्य बैक तर्फ 
क्रस बैककोे नाम  चुक्ता पुंजी  
१ सिटिजन बैंक  ९८१७००२.६७ 
२ नेपाल इन्भेष्टमेन्ट बैंक   १४२४८९५५ 
३ कुमारी बैंक   १३८७८४७४.८३ 
४ नेपाल बंगलादेश बैंक  ८४९५८१४.२९ 
५ प्रभु बैंक    ११३४७०५७ 
६ सानिमा बैक  ९६८१५१९.०८ 
७ सनराईज बैंक  ९४८७९४४.४९ 
८ नेपाल बैंक   १२६३६७५८.६२ 
९ सिद्धार्थ बैंक  ९७८७७६७.१४ 
१० एनसीसी बैंक  ९३५३९१६.९४ 
११ नेपाल एसबिआई बैंक  ८९५६२०५.५५ 
१२ नबिल बैंक   १३४८०१५९ 
१३ कृषि बिकास बैंक   १६४२२६४१.८० 
१४ मेगा बैंक   १४६५४९६४.९५ 
१५ लक्ष्मी बैंक   १०६९५६९० 
१६ एनआईसी एशिया बैंक  ११५६४००५.३६ 
१७ ग्लोवल आईएमई बैंक  २१६३२५०३  
१८ एनएमबी बैंक  १४४४७७५३ 
१९ स्टान्र्डड चार्टड बैंक  ८५७२२३१  
२० माछापुच्छे« बैंक  ९०५३०९४.५८ 
२१ सिभिल बैंक  ८००३३९०  
२२ बैंक अफ काठमाडौं   ९६५८१७६.४२ 
२३ हिमालयन बैंक  १०६८४०००.८२ 
२४ सेञ्चुरी बैंक  ९०३४४३०  
२५ एभरेष्ट बैंक  ८९३३७१७  
२६ प्राईम कर्मसियल बैंक  १६०८३०३६.९३ 
२७ राष्ट्रिय बाँणिज्य बैंक  ९००४७९५.७० 
२८ नेपाल इन्फ्रास्ट्रक्चर बैंक  १२०००००० 
बिकास बैक तर्फ 
क्रस बैंकको नाम  चुक्ता पुंजी  
१ कामना सेवा बिकास बैंक  २५४०१९५.३५ 
२ मुक्तिनाथ बिकास बैंक   ४८११५५०.८० 
३ ज्योति बिकास बैंक  ३४९५२९३.४३ 
४ गरिमा बिकास बैंक  ३२३८६८९.४२ 
५ नारायणी डेभलपेन्ट बैंक  ६५६१६.९० 
६ ग्रिन डेभलमेन्ट बैंक  ५००००० 
७ मितेरी डेभलपमेन्ट बैंक  ७९७३७६.९३ 
८ लुम्विनी बिकास बैंक  २९०६४५३.५५ 
९ एक्सेल डेभलपमेन्ट बैंक  ८१११२१.२२ 
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक  ३४०८४६३.९०  
११ महालक्ष्मी बिकास बैंक   ३०७२०६१.३२ 
१२ सिन्धु बिकास बेंक  ५५७४५६.०६ 
१३ साँग्रिला डेभलपमेन्ट बैंक  २६०६६४०.४० 
१४ कर्पोरेट डेभलपमेन्ट बैंक  ४१०००० 
१५ कर्णाली डेभलपमेन्ट बैंक  ५०२८३० 
१६ सहारा बिकास बैंक  १६३३६६.९३ 
फाईनान्स तर्फ 
क्रस फाईनान्सको नाम  चुक्ता पुंजी  
१ गोर्खाज फाईनान्स  ८६७९९३.८० 
२ समृद्धि फाईनान्स  ४०३८६९  
३ मञ्जुुश्री फाईनान्स  ९६५३९५  
४ रिलायन्स फाईनान्स  ८३२४१६ 
४ प्रोग्रेसिभ फाईनान्स  ८००१००  
५ पोखरा फाईनान्स  ९१७२८१.७० 
६ युनाईटेड फाईनान्स  १०४०८३४.६४ 
७ श्री इन्भेष्टमेन्ट फाईनान्स  ८९०१३४.८८ 
८ बेष्ट फाईनान्स  ८२८९१३.७८ 
९ गुहेश्वरी मर्चेन्ट फाईनान्स  ८६४००० 
१० आईसीएफसी फाईनान्स  १०२४२६५.८० 
११ गुडविल फाईनान्स  ८६७२००  
१२ जानकी फाईनान्स  ६००४११.१० 
१३ नेपाल फाईनान्स  ३०५५५१ 
१४ सेन्ट्रल फाईनान्स  ८२३३९७.७८ 
१५ सिर्जना फाईनान्स  ८४७८३८.८८ 
१६ मल्टीपर्पस फिनान्स  २२४०३७.९० 
लघुबित्त बित्तीय संस्थातर्फ
क्रस संस्थाको नाम  चुक्ता पुंजी  
१ फष्र्ट माईक्रो फाईनान्स  ८७६८११  
२ महिला लघुबित्त बित्तीय संस्था  ६०००० 
३ मिर्मिरे लघुबित्त संस्था  ३९८६२६.३२ 
४ लक्ष्मी लघुबित्त संस्था  ३२००४५ 
५ नेपाल एग्रो लघुबित्त संस्था  ५७२४४ 
६ आरएमडिसी लघुबित्त संस्था  १०३४२२१.९४  
७ आरएसडिसी लघुबित्त संंस्था  ७३१९६० 
८ आरम्भ चौतारी लघुबित्त संस्था  २६३४४८ 
९ एनएनएमबी लघुबित्त संस्था  ५३९८०५ 
१० नेरुडे लघुबित्त बित्तीय संस्था  ४५७२९४.०५ 
११ स्वदेशी लघुबित्त संस्था    २७६००० 
१२ समिट लघुुबित्त संस्था  ३९३३००  
१३ एनआईसी एशिया लघुबित्त  १४८०००० 
१४ समता लघुबित्त संस्था  २२९३४०.१६ 
१५ राष्ट्र उत्थान लघुबित्त संस्था  १७५००० 
१६ सामुदायिक लघुबित्त संस्था १३२००० 
१७ आशा लघुबित्त संस्था   २६७१३१.२० 
१८ सिभिल लघुबित्त संस्था  २३३९३४ 
१९ सारथी लघुबित्त संस्था  २३५३८६.१५ 
२० घोडीघोडा लघुबित्त संस्था  २७६२५  
२१ मेरो लघुबित्त बित्तीय संस्था  १०००००० 
२२ गुराँस लघुबित्त बित्तीय संस्था  ८३४०० 
२३ छिमेक लघुुबित्त संस्था  १८३००००  
२४ जीवन बिकस लघुबित्त संस्था  ४१०६७० 
२५ फरवार्ड माईक्रो फाईनान्स  ५००४१५  
२६ ईन्फिनिटी लघुबित्त संस्था २६०६५० 
२७ वोमी लघुबित्त बित्तीय संंस्था ३६१२०२ 
२८ साधना लघुबित्त बित्तीय संस्था  २१७७८०  
२९ स्पर्श लघुबित्त बित्तीय संस्था ११२०२९.०९    
३० ग्लोवल आईएमई लघुबित्त संस्था ३३०८८४.२३   
३१ महुली लघुबित्त बित्तीय संस्था १८६६२०  
३२ स्वरोजगार लघुबित्त बित्तीय संस्था ३६५९३७.१२    
३३ कालिका लघुबित्त संस्था २५२३३०  
३४ गणपती लघुबित्त संस्था १२७३५६.७६    
३५ ग्रामिण लघुबित्त संस्था  ९८२५००  
३६ आत्मनिर्भर लघुबित्त संस्था ४२०००  
३७ आँधिखोला लघुबित्त संस्था १०००००  
३८ शुर्योदय लघुबित्त संस्था २१५०४२.९३  
३९ सर्पोट लघुबित्त बित्तीय संस्था  ६६०००  
४० बिजय लघुबित्त संस्था    २६६५९७.४९ 
४१ स्वाभिमान लघुबित्त संस्था  ७६७०७.६४ 
४२ महिला सहयात्रा लघुबित्त संस्था १३३१००  
४३ मिथिला लघुबित्त संस्था १२१७४०.८४   
४४ नेपाल सेवा लघुबित्त संस्था  ६१५००  
४५ निर्धन उत्थान लघुबित्त संस्था  १५००००० 
४६ उन्नती लघुबित्त संस्था  १४९५३६.६५ 
४७ स्वस्तीक लघुबित्त संस्था  १२०००  
४८ सबैको लघुबित्त बित्तीय संस्था  १८६४५०  
४९ डिप्रोक्स लघुबित्त संस्था  १०५४८३३.५७ 
५० नाडेप लघुबित्त बित्तीय संस्था  ४०४८०० 
५१ नेशनल माईक्रो फाईनान्स   २६४०४५ 
५२ साना किसान लघुबित्त संस्था  १२५०२८६.७८ 
५३ घरेलु लघुबित्त बित्तीय संस्था ७०३५० 
५४ जनउत्थान लघुबित्त संस्था  ७९२०० 
५५ मानुषी लघुबित्त संस्था  ७००००  
५६ स्वालम्वन लघुबित्त संस्था  ७९२३९९ 
५७ अभियान लघुबित्त बित्तीय संस्था  १५२५०० 
५८ किसान लघुबित्त संस्था   ३९२८०८.७८ 
(श्रोत सम्वन्धीत संस्थाको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)