शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकारले थ्री नेसन्स कप विजेतालाई जनही ४ लाख दिने

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं । सरकारले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको हो ।

यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरेका । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए ।

थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।