शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१२ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं ।  नेप्से आज बिहिबार पनि बढेको छ । आज नेप्से १२ दसमलव ८८ अंकले बढेर २६ सय ३१ दसमालव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दसमलव ८३ अंकले बढेर चार सय ६६ दसमलव ४२ अंकमा चढेको छ । दुई सय १८ वटा कम्पनीहरुको ७४ हजार दुई सय आठ पटकको कारोवारमा आज एक करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब २५ करोड नौ लाख २४ हजार एक सय २४ रुपैयाँ पुगेको छ ।  
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घटेर रातो देखिएपनि नौ वटा समुहको सुचक बढेर हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ४३ अंकले बढेर १८ सय ११ दसमलव ५४ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, टेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहहरुको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने ७७ दसमलव २२ अंकले घटेर ३५ सय ७५ दसमलव ३१ अंकमा झर्दा जीवन बीम, सामुहिक लगानी कोष र लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।
कमाउने कम्पनीह्रुको सुचीमा आज पहिलो स्थानमा साञ्जेन हाईड्रो पावर कम्पनी परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।