शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

इमानको गोलमा खालीबारीको जित

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं । खालीबारी युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा जित निकालेको छ ।

बिहीबार भएको खेलमा खालीबारीले सानोगौचरण युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारीलाई जित दिलाउन इमान लामाले निर्णायक गोल गरे ।

इमानले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलमा निर्णायक बन्यो ।

लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।