काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा नेपाल राष्ट्र बैकले एक अर्ब ९३ करोड ६४ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ बैशाख दुुई गतेदेखि बिसं २०७९ बैशाख एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको एक अर्ब ५४ करोड ९२ लाख, बिकास बैंकहरुको लागि २९ करोड चार लाख र फाईनान्स कम्पनीहरुको लागि नौ करोड ६८ लाख रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही चैत १८ गते अपरान्ह दुई बजेसम्म आवेदन दिनुुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका न्युुनतम सर्तहरु तोकिएकाछन ।