बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

सोमबार, चैत्र १६ २०७७

चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको छ । चीनको सिनयाङमा वायु प्रदूषण मापन गर्ने एक्यूआई ५८१ पुगेको छ । यो अत्यन्तै खतारापूर्ण अवस्था हो । यस्तै बंगलादेशको ढाका वायू प्रदूषणको हिसाबले विश्वको दोस्रो स्थानमा रहेको छ ।बंगलादेशको ढाकाको एक्यूआई १८० रहेको छ ।

यस्तै तेस्रो स्थानमा साउदी अरबको रिहाद रहेको छ । चीनको बेइजिङ भने चौथो स्थानमा रहेको छ । बेइजिङको एक्यूआई १७७ मापन गरिएको छ । खडेरीबाट प्रभावित मंगोलिया र उत्तरपश्चिम चीनमा बालुवाको आँधी आएपछि बेइजिङलगायतका ठाउँमा वायुप्रदूषण बढेको हो ।

भारतको मुम्बई पाँचौ स्थानमा रहेको छ । मुम्बाईको एक्यूआई १६९ रहेको छ । केही दिनअघि विश्वकै सबैभन्दा धेरे प्रदूषण भएको नेपालको काठमाडौं भने छैठौँ स्थानमा झरेको छ । 

काठमाडौंको एक्यूआई अहिले १६४ रहेको छ । २सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।