आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्सेमा छलाङ, एकै दिन ६३ अंकले बढ्यो नेप्से

आइतबार, चैत्र ८ २०७७

काठमाडौं ।  आज आईतबार नेप्सेले छलाङ मारेको छ । नेप्से आज एकैदिन ६३ दसमलव ३८ अंकले बढेर २५ सय ३८ दसमलव ४६ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ४४ अंकले बढेर चार सय ५३ दसमलव ५९ अंकमा चढेको छ । आज दुई सय छ वटा कम्पनीहरुको ८० हजार नौ सय ८६ पटकको कारोवारमा एक करोड २४ लाख ३० हजार दुई कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार पाँच सय ६९ रुपैयाँ पुगेको छ । 
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ५२ अंकले बढेर १७ सय ८८ दसमलव ७६ अंकमा चढेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दसमलव आठ अंकले बढेर २१ सय २२ दसमलव ६३ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिथिला लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा ग्रिन लाईफ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बंगलादेश बैंक परेको छ ।