शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा पुरै हरियाली, सबै समुहले कमाए

बुधबार, चैत्र ४ २०७७

काठमाडौं ।  साताको चौथो कारोवार दिन आज बुुधबार नेप्सेमा पुरै हरियाली छाएको छ । नेप्से आज ४० दसमलव चार अंकले बढेर २४ सय ३२ दसमलव १४ अंकमा चढेकोमा सेन्सिटिभ पनि आठ दसमलव ११ अंकले बढेर चार सय ३८ दसमलव ६० अंकमा चढेको छ । दुुई सय १२ वटा कम्पनीहरुको ४४ हजार छ सय ९७ पटकको कारोवारमा ८६ लाख २६ हजार छ सय ६७ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँ पुगेको छ । 
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव १५ अंकले बढेर १७ सय ३६ दसमलव १३ अंकमा चढेको छ भने  जलबिद्युुत समुहको सुचक पनि ३१ दसमलव एक अंकले बढेर २१ सय पाँच दसमलव ६८ अंकमा चढेको छ । यि बाहेक लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेडेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।