शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१८ अंकले घट्यो नेप्से 

सोमबार, चैत्र २ २०७७

काठमाडौं ।  नेप्से आज पनि घटेको छ । आज सोमबार नेप्से १८ दसमलव सात अंकले घटेर २३ सय ८९ दसमलव १९ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव सात अंकले घटेर चार सय ३० दसमलव पाँच अंकमा झरेको छ । दुुई सय १२ वटा कम्पनीहरुको ५२ हजार तीन सय नौ पटकको कारोवारमा ९६ लाख चार हजार पाँच सय २९ कित्ता सेयर किनबेच भएकाछ भने कुुल सेयर कारोवार रकम चार अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ पुुगेको छ । 
नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा हुंदा पाँच वटा समुहले कमाएकाछन भने आठ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ४१ अंकले घटेर १७ सय १३ दसमलव ३१ अंकमा झर्दा बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि घटेकाछन । टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु भने बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।