शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन घटिरहेको सेयर बजार ?

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडाैं  ।अहिले  सेयर बजार घटिरहेको देखेर केही लगानीकर्ताहरु आत्तिएका छन् । अबको बजार कता जान्छ र  गरेको लागनी   सुनिश्चित हुन्छ कि हुदैन भन्ने धेरैलाइ अहिले चिन्ताको  विषय बनेको छ ।  सेयर बजारमा लगानीकर्ताको  संख्या पनि दैनिक थपिएका छन् । पछिल्लो सातादेखि नेप्से परिसूचकमा  गिरावट आइरहेको छ । अहिलेको सेयर बजार घट्नुलाई सामान्य रुपमा  लिनुपर्ने लगानीकर्ता तथा विश्लेषकहरु  बताउँछन् । सेयर बजार भनेको बेको बेला बेच्ने र घटेको बेला किन्ने पति  हो भन्ने  गरिन्छ  ।

अल्लिो हप्ता केही सुधार आएको  सेयर बजार यो साता भने नेप्से  परिसूचक घटिरहेको छ ।नेप्सेमात्र घटेको छैन कारोबार रकममा पनि  दैनिक घटिरहेको छ । सेयर विश्लेषकहरुले अहिलेको बजार घट्नुलाई  सामान्य करेक्सनको रुपमा लिनुपर्ने बताउँछनन् ।

कोरोना भाइरसको समयमा लकडाउनमा  सेयर बजार  १ सय ३० विन्दुसम्म पुगेको एक ब्रोकर बताउँछन् । अघिल्लो हप्ताको सेयर बजार ९० अंकसम्म बढेको थियो र अहिले  केही प्रतिशत करेक्सन  हुन पुगेको  विश्लेषकको दाबी छ  ।

बुधबार  सेयर बजार  ३ दशमलव ४३ प्रतिशतले घटेर २ हजार  ४ सय विन्दुमा  पुगेका छ । अहिलेको  सेयर बजार घट्नुलाई सामान्य रुपमा लिनुपर्ने  विश्लेषकहरुको भनाई छ ।  कारोबारको हिसाबले पनि  अघिल्लो साताको तुलनामा  कम हुदै आएको छ । अघिल्लो साता ६ अर्बको हाराहारीमा कारोबार हुदै आएको सेयर बजार यस साता ४ अर्बको मात्रमा कारोबार भइरहेको छ । लगानीकर्ताहरुले नाफा बुक गर्ने क्रम रहेकाले  सेयर बजारमा उतारचढाव सिर्जना भएको  एक लगानीकर्ताले बताए ।

 के होला आजको बजार

आज साताको अन्तिम दिन सेयर बजार के होला भन्ने सबैको चासो रहेको छ  आजको सेयर बजार पनि  घट्न सक्ने  लगानीकर्ताहरु बताउँछन् ।बजार अहिलेपनि करेक्सनमै रहेकाले  बजारले साताको अन्तिमदिन पनि  सुधार हुन नसक्ने  विश्लेषकहरु बताउँछन् । एक ब्रोकरका अनुसार अर्को साताबाट भने बजार उकालो  लाग्न सक्ने लगानीकर्ताहरुको दाबी छ ।