आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्सेमा आज पनि गयो पहिरो

बुधबार, फाल्गुन २६ २०७७

काठमाडौं ।  नेप्सेमा आज बुुधबार पनि पहिरो गएको छ । नेप्से आज तीन दसमलव चार अंकले घटेर २४ सय ५८ दसमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव शुन्य दुुई अंकले बढेर चार सय ४५ दसमलव २३ अंकमा चढेको छ । दुुई सय पाँच वटा कम्पनीहरुको ४६ हजार नौ सय ४८ पटकको कारोवारमा ७८ लाख १६ हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम चार अर्ब १० करोड चार लाख छ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।  
आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव नौ अंकले घटेर १७ सय ६३ दसमलव पाँच अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । टे«डिङ समुहको सुचक दुुई सय ९६ दसमलव ९७ अंंकले बढेर तीन हजार नौ सय ३९ दसमलव ५९ अंकमा पुुग्दा होटल तथा पर्यटन, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक, अन्य र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।