शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आयुषको स्वर, संगीतमा ’निर्दोष माया’ सार्वजनिक

सोमबार, फाल्गुन २४ २०७७

काठमाडौं ।  प्रतिभाशाली गायक आयुष खतिवडाको रक भर्सनमा आधारित गीत ’निर्दोष माया’को म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  
यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ । गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ । १४ वर्षीय गायक खतिवडा गितार, किवोर्ड लगायतका वाजा बजाउन सक्छन् । उनले ट्रीनिटी कलेज अफ लन्डन बाट म्युजिक अध्ययन समेत गरेका छन् । म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल बिचको स्कुले  प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ । ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ । भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन् । 
पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक खतिवडाको आधिकारिक च्यानल ’आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 
भिडियो लिंक

 https://youtu.be/Nu4_B9odmlc