बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

शुक्रबार, फाल्गुन २१ २०७७

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ चौलिका चोकबाट फागुन २१ गते एपीएफ टोलीले करीब २ लाख ९३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । 
भे १ ह ४८१२ नम्बरको अटोमा राखेर भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर पार्ट्स  सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।   एपीएफ टोलीले त्यसवेला उल्लेखित अटो समेत बरामद गरेको छ ।
बरामद मोटर पार्ट्स तथा अटो भन्सार कार्यालय जमुनाहमा बुझाइएको छ । उक्त अटोको भन्सार दाखिला मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ ।