काठमाडौं । अघिल्ला दिनहरुमा लगातार घटेको नेप्सेले आज बिहिबार भने छलाङ मारेको छ । नेप्से आज ९० दसमलव ६७ अंकले बढेर २५ सय छ दसमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ पनि १४ दसमलव ६७ अंकले बढेर चार सय ५१ दसमलव ४६ अंंकमा चढेको छ । आज दुुई सय छ वटा कम्पनीहरुको ६५ हजार एक सय ७४ पटकको कारोवारमा एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब पाँच करोड ८१ लाख चार हजार तीन सय १७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५२ दसमलव चार अंकले बढेर १८ सय आठ दसमलव १३ अंकमा पुुग्दा जलबिद्युत समुहको सुचक पनि ९१ दसमलव १९ अंकले बढेर दुुई हजार दसमलव ५४ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहका सुचकहरु पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लिर्र्वटी इर्नर्जी कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र (एनएमबी ५०) परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ ।