काठमाडौँ । सर्वाेत्तम सिमिन्टले बुक विल्डीङमार्फत आईपिओ निष्काशन गर्न लागेको छ । सिमेन्टको अहिले हाल ७ सय ५० को हाराहारीमा सेयर मूल्य रहेको छ । नवलपरासीको सुनवलमा फ्याक्ट्री र पाल्पा र चितवनमा चुनढुङगा खानी रहेको यस कम्पनीले चितवन, पाल्पा र नवलपरासिको लागि स्थानीय कोटामा र बाँकी सवैका लागि आईपीओ निष्काशन गर्न लागेको हो । ट्रिपल बी प्लस रेटिङमा रहेको यस कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल दिने छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजी अर्थात ३ अर्ब ४० करोड रुपैयाँको ६० लाख किक्ता आईपिओ निष्काशन गर्न लागेको हो । अर्थात, कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्य ४० प्रतिशत अर्थात २४ लाख किक्ता संस्थागत लगानीकर्ता र बाँकी रहेको ३६ लाख कित्तामध्ये १५ प्रतिशत अर्थात ८ लाख कित्ता स्थानीयको लागि, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गर्न लागको हो । साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया सुरु गरेको छ ।
कम्पनीले यो बुक विल्डिङको माध्यमबाट नै निष्काशन गर्न लागेको हो । बुक विल्डीङ भनेको बोलकबोल हो । यसो त यता धितोपत्र बोर्डले न्युनतम ५० कित्ता भर्न पाईने निती बनाउन लागेको छ । यसरी हेर्दा सोही २५ लाख कित्ता त मात्रै ५० हजार जनाले आईपीओ हात पार्ने देखिन्छ । यदि १० कित्ता दिन हो भने चै २ लाख ५० हजारले पाउन सकिने थियो ।
बोलकबोलका लागि कम्पनीले संस्थागत लगानीकर्ताको लागि आशय मूल्य ७ सय ५० को नजिक मूल्य तोकेर बोलपत्र आह्वान गर्नेछ । यसमा २० प्रतिशत हेरफेर हुन सक्ने भनिएको छ । जसअनुसार यो बढेर ९०० पनि बढ्न सक्छ भने घटेर ६ सय पनि हुन सक्छ । यसरी हेर्दा न्युनतम प्रतिकित्ता ६सय ले ५० कित्ताको लागि न्यूनतम ३० हजार संकलन गर्नुपर्ने देखिन्छ ।