बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

बुधबार, फाल्गुन १९ २०७७

पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले ७४ वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका १ पिप्ले बस्ने ३८ बर्षिय बिशालकुमार क्षेत्री छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।