बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ द्वारा चोरीपैठारीको सामान बरामद :–

बुधबार, फाल्गुन १९ २०७७

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ३ स्थित बालापुरबाट फागुन १८ गते एपीएफ टोलीले करीब ९ लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको पित्तलको मूर्ति, फलामको पुन्यु र फेन्सी कपडा बरामद गरेको हो । 
भन्सार छली अवैध रुपले लु १ ज ३५४९ नम्बरको बलेरो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु बरामद गरिएको हो । 
बरामद सामान तथा बलेरो गाडी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । उक्त गाडीको भन्सार दाखिला मुल्य १३ लाख रुपैयाँ रहेको छ ।