बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ     

आइतबार, फाल्गुन १६ २०७७

दाङ ।  घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
सोही उपमहानगरपालिका–१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।