ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।
थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार्थ राखी खुवाई बेहोस बनाई उनको साथबाट नगद र सुनको औठी लुटपाट भएको भन्ने बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।