बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भन्सार छली ल्याएको विभिन्न कपडा बरामद      

शुक्रबार, फाल्गुन १४ २०७७

कञ्चनपुर ।  भिमदत्त नगरपालिका–४ बसपार्क नजिक सडकबाट करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार छलि ल्याएको विभिन्न लत्ताकपडा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो सडकमा उक्त लत्ताकपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको  हो । बरामद सामान  आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छ ।