शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बिज्ञान र गरिमा शर्मा ले ल्याए ’मैना’

शुक्रबार, फाल्गुन १४ २०७७

काठमाडौं ।  कलाकार बिज्ञान र मोडेल गरिमा शर्मा फिचर्ड ’मैना’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतमा गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा कालीकै शब्द र संगीत छ। म्युजिक भिडियोमा बिज्ञान र गरिमा बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । 

maina.JPG

पनौतीमा छायांकन गरिएको यस भिडियोलाई शंकल भुजेलले  खिचेका हुन् । भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ । रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो । 
भारतको दिल्लीमा लामो समय थियटर सिकेर नेपाल फर्केका कलाकार बिज्ञानको यो डेब्यु म्युजिक भिडियो हो । यसअघि उनले केहि चलचित्र र नाटकको अनुभव बटुलीसकेका छन् ।’ मैना’लाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

maina1.JPG

भिडियो लिंक

https://youtu.be/47VjPyHN-cc