शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा सुधार, १२ दसमलव ५६ अंकले बृद्धि

बुधबार, फाल्गुन १२ २०७७

काठमाडौं ।  अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा आज बुुधबार भने सुधार आएको छ । नेप्से आज १२ दसमलव ५६ अंकले बढेर २५ सय ९९ दसमलव सात अंकमा चढेकोमा सेन्सिटिभ पनि दुुई दसमलव चार अंकले बढेर चार सय ७० दसमलव ३४ अंकमा चढेको छ । नेप्सेमा आज दुुई सय चार वटा कम्पनहिरुको ६९ हजार नौ सय ९४ पटकको कारोवारमा एक करोड ६७ लाख २६ हजार चार सय ७२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ७० करोड १८ लाख ७२ हजार चार सय ३९ रुपैयाँ पुगेको छ । 
आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र अन्य समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव छ अंकले बढेर १८ सय ८४ दसमलव ३२ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक एक सय ८४ दसमलव ३४ अंकले बढेर १३ हजार एक सय २८ दसमलव ४६ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईएमई जनरल इन्स्योरेन्स कमपनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ ।