कांग्रेस महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले अहिले महाधिवेशनलाई ध्यान दिनुपर्ने बताएका छन । त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनप्रती ऐक्यबद्धता जनाउदै महामन्त्री कोइरालाले यस्तो बताएका हुन । कोइरालाले भने ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्छ। यो विषय अदालतमा पनि विचाराधीन छ । वैशाखमा चुनाव संभव छैन ।”
कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाकै लागि पार्टीले संघर्ष जारी राख्नुपर्ने पनि बताए ।
डा . कोइरालाले सत्तारुढ नेकपाको विवादकै कारण निर्धारित मितिमा चुनाव हुन नसक्ने धारणा राखे । कोइरालाले संसद विघटन विरुद्ध थप संघर्ष गर्न आवश्यक रहेको भएपनी कम्युनिष्टहरूसँग मिलेर आन्दोलन गर्न नहुनेमा जोड दिए ।
महामन्त्री कोइरालाले विद्यार्थीका जायज माग पूरा गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारिहरुलाई आग्रह गरे ।