शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अन्तिम कारोवार दिन पनि २५ अंकले बढ्यो नेप्से

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं । नेप्से अन्तिम कारोवार दिन पनि बढेको छ । आज बिहिबार नेप्से २५ दसमलव २३ अंकले बढेर २६ सय ३६ दसमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ७७ अंकले बढेर चार सय ८१ दसमलव ७८ अंकमा चढेको छ । 

आज दुुई सय छ वटा कम्पनीहरुको ९० हजार दुई सय दुुई वटा कारोवारमा एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता सेयर किनबेच हुंदा आठ अर्ब ७६ करोड २१ लाख ४६ हजार सात सय ८५ रुपैयाँको कारोवार भएको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाएकाछन भने बाँकी समुहको कमाएकाछन । 

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव ३७ अंकले बढेर १९ सय ३६ दसमलव ६६ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

 निर्जिवन बीमा समुहको सुचक भने आज ५० दसमलव तीन अंकले घटेर १३ हजार एक सय ८९ दसमलव २५ अंकमा पुुग्दा जीवन बीमा र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिर्मिरे लघुुबित्त बित्तीय संस्था परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।