काठमाडौं । नेप्सेको उच्च बृद्धिले आज पनि निरन्तरता पाएको छ । आज मंगलबार नेप्से १५ दसमलव पाँच अंकले बढेर २६ सय एक दसमलव ५१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव नौ अंकले बढेर चार सय ७३ दसमलव ५३ अंकमा पुगेको छ ।
आज दुुई सय आठ वटा कम्पनीहरुको ७६ हजार चार सय ९३ पटकको कारोवारमा एक करोड ७७ लाख ३२ हजार सात सय ६५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १० अर्ब तीन करोड ५४ लाख ५४ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहले कमाएकाछन भने आठ वटाले गुमाएकाछन ।
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दसमलव ४१ अंकले बढेर १८ सय ८३ दसमलव ५२ अंकमा पुगेको छ भने बिकास बैंक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
जलबिद्युुत समुहको सुचक भने २६ दसमलव ९८ अंकले घटेर १९ सय ३६ दमसलव ८९ अंकमा पुुग्दा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साधना लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।
यसैगरी बढी रकम रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा नविल बैंक परेको छ ।