शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा आयो उछालः एकै दिन १० अर्ब ३८ करोडको सेयर किनबेच

सोमबार, फाल्गुन ३ २०७७

काठमाडौं । नेप्सेमा उछाल आएको छ । आज सोममबा नेप्से ९२ दसमलव ४२ अंकले बढेर २५ सय ८६ दसमलव एक अंकमा चढ्दा सेन्सिटिभ पनि १५ दसमलव ३३ अंकले बढेर चार सय ६९ दसमलव ४४ अंकमा चढेको छ । 

दुुई सय पाँच वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा दुुई करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार छ सय ६९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५७ दसमलव ३२ अंकले बढेर १८ सय ४५ दसमलव १० अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ६४ दसमलव ४५ अंकले बढेर १९ सय ६३ दसमलव ८७ अंकमा चढेको छ । 

यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचककहरु पनि उच्च अंकले बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । 

बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने पहिलो स्थानमा निर्धन उत्थान लघुुबित्त बित्तीय संस्था परेको छ ।