शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा भिषण पहिरोः सामुुहिक लगानी कोष बाहेक सबैको सुचक रातै

आइतबार, फाल्गुन २ २०७७

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३३ दसमलव ३३ अंकले घटेर २४ सय ९३ दसमलव ५९ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव ३१ अंकले घटेर चार सय ५४ दमसलव १२ अंकमा झरेको छ । 

आज दुई सय दुुई वटा कम्पनीहरुको ५८ हजार तीन सय नौ वटा कारोवारमा एक करोड ४८ लाख ५१ हजार पाँच सय ९२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ९२ करोड ७६ लाख ६८ हजार नौ सय ३१ रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन ।

 ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ७१ अंकले घटेर १७ सय ८७ दसमलव ७८ अंकमा झरेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ७७ दसमलव ३५ अंकले घटेर १२ हजार नौ सय ६६ दसमलव ५५ अंकमा झरेको छ । 

यि बाहेक जलबिदुुत, बिकास बैंक, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहका सुचक पनि घटेर रातै भएकाछन । 

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्प्र्रmास्ट्रक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेको इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।