शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साताको अन्तिम कारोवार दिन १६ अंकले घट्यो नेप्से 

बिहिबार, माघ २९ २०७७

काठमाडौ,। साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से घटेको छ । आज नेप्से १६ दसमलव ११ अंकले घटेर २५ सय २६ दसमलव ९२ अंकमा झरेकोमा सेन्सिटिभ एक दसमलव ६६ अंकले घटेर चार सय ६३ दसमलव ४७ अंकमा झरेको छ । आज दुुई सय छ वटा कम्पनीहरुको ७२ हजार सात सय ३७ पटकको कारोवारमा एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम आठ अर्ब ४१ करोड १७ लाख ३२ हजार तीन रुपैयाँ पुुगेको छ ।  
आज १२ वटा समुहको कारोवार हुंदा बाँणिज्य बैंक, बिकास बैक र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेकाछन भने जलबिद्युुत समुहको सुचक २५ दसमलव ५८ अंकले घटेर १९ सय २२ दसमलव ५६ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय सात दसमलव २२ अंकले घटेर १३ सय ४३ दसमलव ९० अंकमा झरेकोमा लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा चन्द्रागिरी हिल्स लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज डिप्रोक्स लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।