बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

सोमबार, माघ २६ २०७७

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ११९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७१ हजार ९२५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८१५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६८ हजार ७२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २५१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ९३ हजार ४१७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ९२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ८१५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०३८ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।