सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सप्तरीमा प्रधानमन्त्री ओलीको पुतला दहन

शनिबार, माघ २४ २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।

बिहीबार नेकपाको दाहाल–नेपाल समूहको आम हडतालको क्रममा जनकपुरधाम, काठमाडौँसहित देशको विभिन्न भागमा भएको प्रहरी दमनको विरोधमा सप्तरीको राजविराजमा आज प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो।

जनकपुरधाममा शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले योजनावद्ध ढंगले मातृकाप्रसाद यादव र नेता रामचन्द्र झासहितका नेतालाई कुटपिट गरेको भन्दै नेकपा सप्तरीले प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो।

पुतला दहन पश्चात भएको कोण सभामा प्रदेशसभा सदस्य महेश प्रसाद यादव, नेता केदार देव, युवा नेता निरञ्चन झा लगायतले प्रहरी दमनको विरोध गर्दै अनुसन्धान गर्न माग गरेका छन्।