सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘अरूका गाडी जलाउनुभयो, आफू गाडीमा सवार भएर हेर्न जानुभयो’: ओली

शुक्रबार, माघ २३ २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव आफ्ना कार्यकर्ताले जलाएका गाडी हेर्न गाडीमै सडकमा पुगेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव ‘अरूका गाडी जलाउनुभयो, आफू गाडीमा सवार भएर हेर्न जानुभयो’,भन्दै टिप्पणी गरेका हुन्।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले किसानले दु:ख गरेर ल्याएको तरकारी सडकमा फ्याँकेर प्रचण्ड–माधवले क्रान्तिकारीपन देखाएको टिप्पणी पनि  गरे।

‘उहाँहरूले आज बन्द गर्ने कोशिस त गर्नुभयो, तर बन्द खासै भएन। तर पनि जनतालाई अलिअलि दुःख दिनुभयो, ओलीले भने ‘गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन सफल पार्दै हुनुहुछ।’

एउटी बूढी आमाले दु:ख कष्ट गरेर फलाएर डोकामा बोकेर ल्याएको टमाटर सडकभरी फालेर प्रचण्डले क्रान्तिकारीपन देखाएको ओलीको टिप्पणी छ। ‘अरूका गाडी जलाउनुभयो, आफू गाडीमा सवार भएर हेर्न जानुभयो, जनताका दु:ख हेर्न, ओलीले थपे ‘आफैँले बन्द गरेको गाडी नै त नचढौं बाइकसम्म त हुन्छ भनेर बाइक लिएर हिँडेछन्।’

बिहीबारको आन्दोलनतर्फ संकेत गर्दै ओलीले कार्यकर्ता सिद्धिएपछि प्रचण्ड–माधव आफैँ सडकमा पुगेको बताए। कार्यकर्ता सिद्धिएछन्, अनि आफैँ (हलभरी हासो) कार्यकर्ता यता छन् अनि कहाँबाट हुन् त त्यता, ओलीले मुस्कुराउँदै भने, ‘हामी यहाँ छौँ भनेर टाँस्यो अनि गाडी रोक भन्यो। ओलीले थपे, ‘को उभिएको रहेछ भनेर हेरेको त प्रचण्ड उभिइराख्या, उभिएका कहाँ, कस्तो ठाउँमा भने सातदोबाटोमा।’ माधव नेपाल, अर्को अर्को, कार्यकर्ता छैनन् सिद्धिएछन्।