शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टिकेन नेप्सेको बृद्धिदरः केही दिनको छलाङ, आज छ अंकले घट्दा नौ अर्ब ५३ करोडको कारोवार 

बुधबार, माघ २१ २०७७

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुुधबार छ दसमलव ८१ अंकले घटेर २४ सय ६६ दसमलव ९२ अंकमा झर्दा सेन्सिटिभ भने शुन्य दसमलव ९२ अंकले बढेर चार सय ५२ दसमलव २९ अंकमा चढेको छ । 

आज दुुई सय दुुई वटा कम्पनीहरुको ९१ हजार पाँच सय ५९ पटकको कारोवारमा दुुई करोड २० लाख ४० हजार पाँच सय १६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कराोवार नौ अर्ब ५३ करोड १७ लाख १६ हजार चार सय ९६ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । 

ति मध्ये बाँणिज्य बंैंक समुहको सुचक चार दसमलव सात अंकले बढेर १७ सय २७ दसमलव ४४ अंकमा पुुगेको छ भने जलबिद्युुत, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । 

बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु भने घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ ।

 यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा ग्लोवल आईएमई बैंक परेको छ ।