काठमाडौं । बुधबार बजार खुलेलगत्तै नेप्से परिसूचकमा उछाल आएको छ ।
बजार खुलेको केही मिनेटमै उच्च खरीद चापका कारण नेप्से परिसूचक ४३ अंकले बढेपछि २५१७ भन्दा माथिको विन्दूमा पुगेको हो ।
सेयर बजार परिसूचक २५०० माथि पुगेपछि लगानीकर्तामा उत्साह देखिएको छ ।
काठमाण्डौका ब्रोकर हाउसहरुमा रहेका हाम्रा संवाददाताहरुका अनुसार उत्साहित बनेका लगानीकर्ताहरुमा २५०० को विन्दू पार गरेसँगै मनोबल निकै बलियो बनेको देखिएको छ ।
बजारका विश्लेषक तथा अनुभवी लगानीकर्ताहरुले पछिल्लो समय नेप्से परिसूचकले चाँडै ३००० विन्दू माथिको यात्रा गर्ने दाबी गरिरहेका छन् ।
उनीहरुको दाबीतर्फ नै बजार परिसूचक उन्मुख भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन् ।
बजार खुलेको ६ मिनेटमै २६ करोड बढीको सेयर किनबेच भइसकेको छ ।
सुरुवाती रुझानमा व्यापार र म्युचुअल फण्ड बाहेकका सबै उपसमूहमा उछाल देखिएको छ ।