शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नायिका सुष्मा कार्की उजूरी दिन पुगिन् प्रहरीकोमा, कस्ले कुट्यो  क्लबमा ?

मंगलबार, माघ २० २०७७

 

काठमाडौं । नायिका सुष्मा कार्की आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजूरी दिन पुगेकी छन्।

काठमाडौँको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै उनले महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी हुन्।

प्रहरीका अनुसार उनले आफूमाथि आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले हातपात गरेको र गाली गरेको आरोप लगाएकी छन्। आरती नायिका स्वेता खड्काकी बहिनी हुन्।

यसबारेमा सुष्मासँग बुझ्न खोज्दा आफू प्रहरी परिसरमा रहेको बताइन्। सुष्माले सोमबार राति निवेदन दिएको प्रहरीले जनाएको छ।