काठमाडौ । आज सोमबार भने नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज ३७ दसमलव सात अंकले बढेर २४ सय आठ दसमलव आठ अंकमा पुुुग्दा सेन्सिटिभ चार दसमलव ९५ अंकले बढेर चार सय ३७ दसमलव २८ अंकमा चढेको छ । दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल कारोवार रकम छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा लघुुबित्त र सामुुहिक लगानी कोष समुहको घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव चार अंकले बढेर १६ सय ८९ दसमलव ६६ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेञ्चुरी कर्मसियल बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका माईक्रो क्रेडिट लघुुबित्त बित्तीय संस्था परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।