शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१५ अंकले बढ्यो नेप्से, ५ वटा समुहले गुमाउँदा ७ वटा समुहले कमाए

बुधबार, माघ ७ २०७७

काठमाडौं । नेप्से १५ अंकले बढेको छ । आज बुुधबार नेप्से १५ दसमलव ८७ अंकले बढेर २३ सय ४२ दसमलव ७६ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव १८ अंकले बढेर चार सय ४३ अंकमा चढेको छ । 
आज दुुई सय ११ वटा कमपनीहरुको ५३ हजार तीन सय ३४ वटा कारोवारमा एक करोड ५९ लाख ८१ हजार नौ सय ५२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर रकम छ अर्ब २१ करोड नौ लाख ६६ हजार २६ रुपैयाँ पुुगेको छ ।  
आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक घटेपनि सात वटा समुहको सुचक भने बढेकाछन । 
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ४३ अंकले घटेर १७ सय २७ दसमलव ८९ अंकमा पुुग्दा होटल, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन ।

 बिकास बैंक समुहको सुचक भने आज दुुई दसमलव एक अंकले बढेर २५ सय २४ दसमलव ६९ अंकमा पुुग्दा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।  
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेष्ट फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । 
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्सेरेन्स कम्पनी परेको छ ।