शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १४ अर्ब बढीको आवेदन

मंगलबार, माघ ६ २०७७

 काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा  कम्पनीको आईपिओमा ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिएका हुन् । यो अवधिसम्म १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँको आवेदन परेको छ । यस कम्पनीको आईपीओमा माघ ६ गते मंगलवारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ ।